नाजिरले साइन गरे नयाँ फिल्म

काठमाडौं । नायक नाजिर हुसेन म्यूजिक भिडियोमा बढी व्यस्त छन् । उनले, अभिनय गरेका म्यूजिक भिडियो औषत सफल छन् । अडियो शक्तिशाली भएका केही गीतले भने दर्शकको साथ राम्रो पाएको देख्न सकिन्छ ।

लगातार चलचित्र असफल भएपछि चलचित्रकर्मीले नाजिरलाई पत्याउन छाडेका थिए । तर, लकडाउनपछि भने नाजिर चलचित्रमा पनि व्यस्त हुने देखिएको छ । हाल उनी बसन्त निरौलाले निर्देशन गरिरहेको वेव सिरिजको काममा पनि व्यस्त छन् ।

उनै, नाजिरले सेलिब्रिटी नेपालको ब्यानरमा बन्ने नयाँ चलचित्र साइन गरेका छन् । यो चलचित्रमा पटकथा तथा संवाद यम थापाको रहनेछ । चलचित्रका लागि निर्देशक र नायिका भने फाइनल भैसकेका छैनन् । चलचित्रको छायांकन फागुणबाट सुरु हुने योजना रहेको निर्माता रघुनाथ सापकोटाले जानकारी दिए ।

सामाजिक कथावस्तुमा बन्ने चलचित्रको नाम पनि फाइनल गरिएको छैन । नाजिरले यस अगाडि चलचित्र ‘हुतुतु’ साइन गरेका थिए ।

तपाईको प्रतिक्रिया