कोरोना महामारीमा व्यापारीले उच्च सर्तकता अपनाउन जरुरी : निर्देशक डा. खड्का

सुर्खेत । चाड पर्व नजिकीदै गर्दा बजारमा भीडभाड बढ्ने भएको कोरोना महामारीमा व्यापारीलाई उच्च सर्तकता अपनाउन स्वास्थ्य सेवा निर्देशनालयका डा. रविन खड्काले आग्रह गरेका छन् ।

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएको र चाड पर्वमा नजिकीदाँ किनमेल गर्नेको भीड बढ्दा जोखिम झन भयाभह हुने भएकाले व्यापारीहरुलाई उच्च सर्तकता अपनाउन खड्काले आग्रह गरेका हुन् ।

यो बेला नागरिकहरु आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्न बजार आउँदा भीडभाडले झन जोखिम बढ्ने खतरा हुन्छ’ डा. खड्का भन्छन्, ‘बिक्रिवितरण र किनमेल गर्दा अनिवार्य स्वास्थ्य र सुरक्षाका उपायमा विशेष ख्याल गरे जोखिम न्यूनिकरणमा थप सहयोग पुग्छ ।’

कोराना माहामारीबाट जोगिन विभिन्न चरणमा आम नागरिक र विभिन्न निकायहरुमा सचेतना मुलक कार्यक्रम समेत गरिरहेको खड्काले बताए ।

‘पछिल्लो पटक विशेषगरी व्यवसायी तथा उपभोक्तलाई लक्षित सचेतनामुलक कार्यक्रम पनि गरिसकेका छौं’ खड्काले भने, ‘भीडभाड हुने स्थानहरुमा अनिवार्य सामाजिक दुरी कायम गराउने, स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर व्यवसाय संचालन गर्न व्यवसायीहरुमा अनुरोध छ ।’

कोरोनाको संक्रमणबाट जोगिन निर्देशनालयले वीरेन्द्रनगरमा केही समय अघि व्यापारीहरुले सामान विक्री गर्दा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डसहितको व्यानरहरु पसलहरुमा टासेको थियो

तपाईको प्रतिक्रिया