विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

सुर्खेत । विप्लव नेतृत्व नेकपाका जिल्ला सेक्रेटरीलाई हुम्ला प्रहरीले पक्राउ गरेको छ । हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले गएराती पक्राउ गरेको हो । ताँजाकोट– ५ डुग्रीबाट बुढालाई पक्राउ गरिएको हुम्ला प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय हुम्लालगायत देशका विभिन्न स्थानमा आफ्ना गतिविधि निष्क्रिय भएको अवस्थामा हुम्लाको ताँजोकाट– ५ डुग्रीबाट राति तीन बजे प्रहरीको बुढालाई पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रकाश सुवेदीले गरे । यसबारे थप अनुसन्धान भइरहेकाे पनि सुवेदीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया