विहान उठ्नेवित्तिकै जीरापानी पिउनुका आठ फाइदा (जानी राखौं)


काठमाडौं । विहान उठ्नेवित्तकै तातोपानी पिउनु स्वास्थ्यका लागि फलदायी मानिन्छ । अझ नियमित जीरापानी सेवन गर्दा रोगहरुबाट छुटकारा पाइने चिकित्सकहरुले बताउने गरेका छन् ।

जिरा पानीले तौल घटाउनमा एकदम ठुलो सहयोग गर्दछ । विहान खाली पेटमा जीरापानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा जस्ता समस्याको समाधान हुने विज्ञहरु बताउँछन् ।

यदि पेट बढ्ने जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने २० दिनसम्म जिरा पानी नियमित खानुपर्छ ।रातभरी भिजाएको जिराको दाना विहान राम्रोसँग भिजाइसकेपछि फुलिएर जिराको दानामा भएको पौष्टिक तत्व बाहिर निस्किन्छ र पानीमा घुल्छ ।

जसले गर्दा पानीको रंग पहेंलो रङमा बदलिन्छ । जिरासँग, कागती, दालचिनीलगायतका सामाग्री मिलाएरु आवश्यक विधि अपनाएर जीरापानी सेवन गर्नुपर्छ ।

  • क्यालोरी घटाउन

एक चियाचम्चा जिरामा क्यालोरीको मात्रा ७ प्रतिशत हुन्छ । यदि तपाईले एक गिलास जिरापानी पिउनुभयो भने अन्य क्यालोरीयुक्त खाना खान आवश्यक हुँदैन । यद्यपि उक्त क्यालोरी घटाउनको लागि अतिरिक्त काम गर्न आवश्यक भने हुँदैन ।

  • अनावश्यक रेडिकललाई हटाउँछ

अध्ययनका अनुसार जिराको दाना एन्टिअक्सोडन्टस् हो । जसले अक्सिजनमा हुने खतरनाक अनावश्यक रेडिकललाई कम गर्न मद्दत गर्छ । जिराका दाना भिटामिन ‘ए’ र ‘सी’को राम्रो स्रोत हो । र यी दुई भिटामिन एन्टीअक्सीडेन्ट पनि हुन् । जसमा मिनरल, तामा र म्याग्नेजजस्ता तत्वहरु पाइन्छन् जसले फ्रि रेडिकललको सफाई गर्ने काम गर्दछ ।

  • अत्याधिक मोटोपनको रोकथाम

जिरामा मोटोपन प्रतिरोधी तत्वहरु हुन्छन् । जसले शरीरमा अनावश्यक मोटोपना आउँन दिदैँन । जिराका दानामा भएको तेलले कोशिका र साइनअलिङ्गको बीचा रहेको क्रसटकलाई अवरुद्ध गरेर सुन्निनबाट बचाउने वैज्ञानिकले बताएका छन् ।

  • मेटाबोलिज्मको मात्रा बढाउँछ

यदि शरीरमा मेटाबोलिज्मको मात्रा कम छ भने विना मोटोपन नै शरीरमा मेटाबोलिज्मको मात्रा बढाउन सकिन्छ । जिरापानीमा भिटामिन र मिनरल पाइन्छ जसले विविध तरिकाले मेटाबोलिज्मले गर्ने काम गर्छ ।

साथै जिरा पानीले कोशिकालाई सक्रिय बनाउँन र फुल्लिन मद्दत गर्छ । अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार जिरापानीले मेटाबोलिज्मको मात्रा बढाउन, अत्याधिक मोटोपनमा हुने बीएमआइ घटाउन मद्दत गर्छ ।

  • पाचन प्रणालीमा सुधार

जिरा पानीले पाचन प्रणाली र पेटमा भएको बावलको सञ्चालनको लागि निकै महत्वपुर्ण भूमिका खेल्छ । पाचन प्रक्रिया स्वस्थ हुनुनै मेटाबोलिज्मको मात्रा बढ्नु हो साथसाथै तौल घट्नु पनि हो । जिरा पानीले निरन्तर पाचन प्रक्रियामा एन्जामाइनलाई प्रभाव पार्ने र ब्लोटिङ घटाउने काम गर्छ ।

  • कोलेस्ट्रोल घटाउँछ

एलडिल अर्थात खराब कोलेस्ट्रोलले तपाईको धमनीको प्वालमा प्लेक बनाएर कार्डियोभास्कुलरमा संक्रमण पैदा गराउन सक्छ । इरानका वैज्ञानिकहरुले मोटोपन भएका महिलामा जिराको प्रभावबारे गरेको अनुसन्धान गरे र शरीर संरचना, लिपिड प्रोफाइलको प्रभावको पनि अध्ययन गरे ।

तीनमहिनापछि लिपिड प्रोफाइलको विश्लेषण गर्दा एलडियल कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स र उच्च एचडिएल कोलेस्ट्रोल कम पाइयो । जिरापानीले कम्मरको साइज कम गर्न मद्दत गर्छ ।

  • इन्सुलिनमा संवेदनशीलता बढाउँछ

रगतमा ग्लुकोजको मात्रा बढ्दै गयो भने शरीरले इन्सुलिनको मात्रा नियन्त्रण गर्न सक्दैन र मधुमेह, पीसीओ र बाँझोपनको समस्या निम्तिन सक्छ । त्यसैले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न आवश्यक हुन्छ । अमेरिक वैज्ञानिकहरुले जीराको तेलले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्छ भन्ने कुरा पत्ता लगाएका छन् ।

  • निकोटिन फाल्न मद्दत

अस्वस्थ्यकर जीवनशैलीका कारण शरीरमा बढिरहेको निकोटिनले शरीर सुन्निने, तनाव बढाउने, कब्जियत गराउने र तौल पनि बढाउँछ । जिरा पानीले यस्ता समस्याबाट बचाउन सक्छ ।

तपाईको प्रतिक्रिया