अवरुद्ध दैलेखको फोन सेवा सुचारु

सुर्खेत । दैलेखमा अवरुद्ध भएको फोन सेवा सुचारु भएको छ । शुक्रबार विहानदेखि अवरुद्ध नेपाल टेलिकमको सेवा सुचारु भएको नेपाल टेलिकम दैलेखका प्रमुख हरी खनालले जानकारी दिए ।

उनकाअनुसार मोबाईल नेटवर्क पूर्ण रुपमा सञ्चालन आएपनि ल्याण्डलाइन सेवा सुचारु गर्न प्रावाधिकहरुले काम गरिरहेका छन् ।

‘आंशिक रुपमा जिल्लामा अवरुद्ध टेलिकमको सेवा सुचारु गरिसकेका छौं’ प्रमुख खनालले भने, ‘फाइबरमा समस्या भएपछि विहानैदेखि दैलेख बजार आसपासको फोन सेवा प्रभावति भएको थियो, पूर्ण रुपमा काम सक्न केही समय लाग्छ ।’

सुर्खेतबाट दैलेख लगिएको फाइबरका २४ पोर्टमध्य नयाँ कनेक्शन गर्दा फोन सेवा सूचारु भएपनि कहाँ विग्रिएको हो भन्ने समस्या पत्ता नलागेको खनालको भनाई छ ।

फाेन सेवा गएरातीदेखि नै अवरुद्ध भएकाे हुनसक्ने भन्दै विहान मात्रै अवरुद्ध आफूलाई जानकारी भएको बताए । फाेन सेवा अवरुद्धहुँदा माेवाइल नेटवर्क, ल्याण्डलाइण्ड र इन्टरनेट सेवा प्रभावित भएकाे थियाे ।

तपाईको प्रतिक्रिया