कालिकोटको थिर्पुमा यस्तो बन्यो, आधुनिक विज्ञान प्रयोगशाला

कालिकोट । जिल्लाको पलाँता गाउँपालिकाले थिर्पुस्थित सरस्वती माध्यामिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना गरेको छ । गाउँपालिकाको १५ लाख सहयोगले प्रयोगशाला स्थापना भएको हो ।

विहिबार एक औपचारीक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विज्ञान प्रयोगशाला उद्धाटन गरेका छन् । विद्यार्थीलाई सैदान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गरेर दक्ष तथा व्यवहारीक बनाउने लक्ष्यले प्रयोगशाला स्थापना गरिएको अध्यक्ष बमले बताए ।

सामुुदायिक विद्यालयमा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना, विज्ञान प्रयोगशाला र सुचना प्रविधि सम्बन्धि जानकारी दिने संयन्त्र तयार गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

शिक्षा शाखा प्रमुख रणप्रसाद भट्टका अनुसार यसअघि वर्सनकोटमा कम्युटर शिक्षा, उखाडीमा कूषि अध्यापन, राडुनेटामा कम्युटर प्रविधि मुलक शिक्षा र कर्णाली माविमा बिज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गत वर्ष सरस्वती माविमा कम्युटर शिक्ष्ााँ स्थापना गरिएकोमा यस वर्ष फेरी आधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशाला स्थापनाका लागि गाउँपालिकाकाले १५ लाख रकम छुट्याएको थियो । जसमा प्रयोगशालाका लागि आवाश्यक फनिर्चर लगाएतका अन्य सामग्री पनि खरिद गरिएको छ ।

विद्यालयमा बनेको प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाई क्षमता बढ्ने प्रधानाध्यापक पुर्णबहादुर शाहीको अपेक्षा छ । उनका अनुसार विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८ देखि १० सम्मका विद्यार्थी लाभान्वित हुने भएका छन् । प्रयोगशाला स्थापना भएकोमा विदार्थी पनि खुसी छन् ।

तपाईको प्रतिक्रिया