६२ जनामा कोरोना पुष्टिहुँदा कर्णालीमा २३ जना डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३३, दैलेखमा १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नौ र रुकुमपश्चिममा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमध्य सुर्खेतका २८, सल्यान र जुम्ला सात/सात, दैलेख र रुकुमपश्चिमका ६/६, कालिकोटका पाँच र अन्य प्रदेशका तीन जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार एक सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २३ छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार तीन सय तीन पुगेको छ ।

कर्णालीका विभिन्न जिल्लाहरुमा रहेको आइसोलेसनमा संक्रिया कोरोना संक्रमितको संख्या भने सात सय ४७ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलको भनाई छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया