बलात्कारको आरोप लागेका वीरेन्द्रनगरका आलेप प्रमुख शर्मा फरार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत एक कर्मचारीलाई बलात्कारको आरोप लगाइएको छ । नगरपालिकाको आन्तरिक लेखा परीक्षण शाखाका प्रमुख खेमराज शर्मालाई बलात्कार गरेको आरोपसहितको उजूरी परेको हो ।

बलात्कारकाे अाराेप लागेका खेमराज शर्मा । तस्वीर शर्माकाे फेसबुकबाट

यहीँ असोज ९ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजूरी गराएकी ति महिलाले आफूमाथि शर्माले मादक पदार्थ सेवन गरेर बलात्कार गरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

‘वीरेन्द्रनगरको एक होटलमा बोलाएर आफूमाथि बलात्कार गरेको जाहेरी प्रहरी कार्यालयमा पीडित महिलाले दर्ता गर्नुभएको छ’ एसपी भट्टले भने, ‘जवरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरेर छानविन अघि बढाइसकेका छौं, शर्मा फरार रहेकाले खोजी पनि भइरहेको छ ।’

मलाई फसाइयो ः शर्मा
यता, शर्माले भने आफूलाई नियोजित रुपमा महिलाले फसाएको बताए । ‘होटलको उद्घाटन छ, जसरी भएपनि आइदिनु प¥यो भनेपछि म त्यहाँ गएको सत्य हो’ शर्माले भने, ‘कोठामा बसेर नास्ता खादै थिए, त्यहीँ मौकामा आफूलाई बलात्कार गरेको भन्ने आरोप लगाइन् । यो सत्य हैन् ।’

दुई दिन आफूलाई १५ लाख बार्गेनिङ गरेको र पछि प्रहरीमा उजूरी दिएको उनको भनाई छ । उनले आफू फरार नभएको र निष्पक्ष छानविनको माग गर्दै प्रहरीको सम्पर्कमा रहेको बताए ।

तपाईको प्रतिक्रिया