वीरेन्द्रचाेक नजिकै किन लाग्याे यति लामाे लाइन ?

सुर्खेत । कोरोना महामारीले सबै क्षेत्रलाई निकै प्रभावित बनाएको छ । कोरोनाको संक्रमण देखिएपछि राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेतले शुक्रबारदेखि कार्यालय नै सील गरेको छ । मुख्य शाखा नै सील भएपछि बैंकको वीरेन्द्रनगर शाखालाई सेवाग्राहीलाई सेवा दिनै सकस भएको छ ।

वीरेन्द्रचौक नजिकै रहेको शाखामा सेवाग्राहीहरु सेवा लिन लाइन लागेका छन् । झण्डै एकसय बढी सेवाग्राही लामवद्ध भएको वीरेन्द्रनगर शाखाका प्रमुख जयप्रकाश बरालले जानकारी दिए ।

‘शाखामा जम्मा चार जना कर्मचारी छौं, तरपनि लाइनमा बसेका सेवाग्राहीलाई फर्काएका छैनौं’ बरालले भने, ‘शुक्रबार चार बजेसम्म सेवा दिएका थियौं, आज आइतबार झन धेरै लाइनमा बस्नु भएको छ, छिटो सेवा दिने प्रयत्न गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया