मुख्यमन्त्री विरुद्ध हस्ताक्षर गर्ने शाहीलाई सचेतकको जिम्मेवारी

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै सचेतकको जिम्मेवारी दिएका छन् । आईतबार शाही विरुद्ध हस्ताक्षर गर्ने १८ जना सांसद मध्यका कालिकाेट प्रदेश सभा क बाट निर्वाचित कुर्मराज शाहीलाई नेकपा संसदीय दल सभाको सचेतकमा मुख्यमन्त्रीले नियुक्त गरेका हुन् ।


प्रदेशसभा दलको विधानको दफा ८ बमोजिम शाहीलाई सचेतकमा नियुक्त गरिएको मुख्यमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरिएको थियो ।

यसअघि संसदीय दलको सचेतकको जिम्मेवारीमा रहेकी नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएपछि सचेतक पद खाली भएको थियो । संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीले सचेकतमा शाहीलाई आज नियुक्त गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया