राजस्थानलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग ९आइपिएल० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।

दिल्लीले दिएको १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनायो। राजस्थानका बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाए पनि हार टार्न सकेन। दिल्लीका एनरिच नोर्टजे र तुषार देश पान्डेले २र२ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो। दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले। धवनले ५७ तथा ऐरले ५३ रनको योगदान दिए। राजस्थानका लागि जोफ्रा आर्चर ३ विकेट लिए।

यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई र बेंगलोरको अंक तालिकामा समान १० अंक छ। नेट रन रेटको आधारमा मुम्बई दोस्रो र बेंगलोर तेस्रो स्थानमा छन्। प्रतियोगिता अन्र्तगत बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोर र किंग्स इलेभन पन्जाबबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया