भेरीगंगाका ३२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सुर्खेत । भेरीगंगा नगरपालिका–१२ का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको गएराति ११ बजे मृत्यु भएको हो । उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए ।

‘दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको रहेछ, औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो,’ केसीले भने, ‘तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु¥याइएको थियो ।’

तीन दिन अगाडि मात्रै ति युवाकाे पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पहिलेदेखि नै मानसिक रोगी भएको डा. केसीले जानकारी दिए ।  योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।

तपाईको प्रतिक्रिया