वीरेन्द्रनगरको अस्तव्यस्त पार्किङ व्यवस्थित गर्छु : ट्राफिक प्रमुख आचार्य

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा सरुवा भएर आएका उपेन्द्रप्रसाद आचार्यले कर्णाली प्रदेश राजधानीको अस्तव्यस्त पार्किङ व्यवस्थित बनाउने बताएका छन् ।

प्रदेश राजधानीको वीरेन्द्रनगरको बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन अन्तरगत पार्किङलाई व्यवस्थित गर्ने आचार्यले बताएका हुन् ।

बैंकहरुको अगाडी सवारीको लापरवाही बढेको गुनासो आएकाले त्यसलाई कम गर्ने प्रतिवद्धता आचार्यको छ ।

‘बजार क्षेत्रमा जथाभावी राखिएका ब्रेकरलाई समेत हटाउनेछु’ आचार्यले भने, ‘आफुलाई कानुनले दिएको अधिकार भित्र रहेर काम गर्ने र सवारी दुर्घटना न्यूनिकरणमा सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नेछु ।’ ट्राफिक ब्यवस्थापनमा ट्राफिक एक्लैले मात्र केही गर्न नसक्ने भन्दै सबै पक्षले साथ दिन आचार्यको आग्रह छ ।

तपाईको प्रतिक्रिया