गायक उदितनारायण झाका छोरा आदित्य, स्वेतासँग विवाह गर्दै

एजेन्सी । गायक उदितनारायण झाका छोरा आदित्य नारायणले आफू विवाहको तयारीमा लागेको बताएका छन्। आफ्नी प्रेमिका श्वेता अग्रवालसँग फोटो सेयर गर्दै उनले अर्को महिना विवाह गर्ने बताएका हुन्। श्वेता र आदित्यको सम्बन्ध सापितु फिल्मको बखत जोडिएको थियो। उनीहरू दुवै १० वर्षदेखि सम्बन्धमा थिए।

निजी जीवन निजी राख्नु राम्रो हो

हामी विवाह गर्ने छौं। म भाग्यमानी हुँ, जसले श्वेता पायो। अन्ततः हामी डिसेम्बरमा विवाह गर्दै छौुं, आदित्यले सामाजिक सञ्जालमा लेखेका छन्, हामी दुवै निजी व्यक्ति हौं र विश्वास गर्दछौं कि कसैको निजी जीवन निजी राख्न उत्तम हो। विवाहको तयारीका लागि सोसल मिडियाबाट ब्रेक लिएको उनले बताए। हामी अब डिसेम्बरमा भेटौंला। कुनै समय तपाईंले मलाई पुनस् कतै भेट्नुहुनेछु, उनले भनेका छन्।

को हुन् श्वेता 

श्वेताले धेरै चलचित्र र टिभी सिरियलमा काम गरिसकेकी छन्। उनले शगुनु, देख मगर प्यार सेु, र बेबिलोनको दुआ लिटी जाुमा काम गरिसकेकी छन्। ​श्वेताले प्रभास र किचा सुदीपजस्ता स्टारसँग काम गरिसकेकी छन्। रमाइलो कुरा के छ भने आदित्य सापितका लागि सुटिङ गर्दा श्वेतालाई लञ्च प्रस्ताव गरेका थिए। स्वेताले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन्।

तपाईको प्रतिक्रिया