डोजरको टयुव पड्किदा एककाे मृत्यू

जुम्ला । डोजरको टयुव पड्किदा एक जनाको मृत्यू भएको छ । जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित उल्खेमा हावा भर्ने क्रममा सोही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार हावा भर्दै गर्दा अकस्मात टयुव पड्किएपछि घटनास्थलमै रावतको मृत्यू भएको हाे । मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।

तपाईको प्रतिक्रिया