अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर दियो

काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसआईडी०मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् ।

अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए । स्वास्थ्यमन्त्री ढकालका अनुसार अमेरिकाले दिएको १०० वटा भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७र७ वटाका दरले वितरण गरिने छ । बाँकी हरेक सरकारी अस्पताललाई दुई-दुईवटाका दरले दिइने छ ।

तपाईको प्रतिक्रिया