जमघट गर्ने परिस्थिति छैन, जहाँ छौ त्यही बसेर तिहार मनाऔं : उपप्रमुख आचार्य

सुर्खेत । कोरोना माहामारीका कारण ठुलो जमघट गर्ने परिस्थिति नभएको भन्दै जो जहाँ छौ त्यही बसेर यस वर्षको तिहार मनाउन भेरीगंगा नगरपालिका उपप्रमुख रेनु आचार्यको आग्रह छ ।

तिहारको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले ठुलो जमघट नगरेर आफु बसेको स्थानमा तिहार मनाउन आग्रह गरेकी हुन् ।

‘विश्वव्यापी कोरोना महामारीबाट कतिपयले आफ्ना अभिभावक त कतिपयले आफ्ना सन्तति गुमाईरहेका छन् । भने कतिपयले अस्पतालको शैयाबाट जीवन रक्षाका लागि हारगुहार गरिरहेका छन्’ उनले भनिन्, ‘यस्तो विशेष अवस्थामा हामीले सावधानी अपनाउन जरुरी छ । त्यसैले मान्छे बाँचे अर्को वर्ष तिहार मनाउन सकिन्छ । यस वर्षको तिहारमा स्वास्थ्य सावधानी अपनाएर मनाऊ ।’

आफ्नो, परिवारको र समाजका अन्य सदस्यहरुको जीवन रक्षाका लागि हरेक नागरिकले आवश्यक सुरक्षा र सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, ‘विगतका वर्षहरु झैं यस वर्ष पनि एकआपसमा सद्भाव बाँड्ने र समाज गाँस्ने पर्वहरु आएका छन् । तर विगतका वर्ष झै सहज रुपले पर्व मनाउने बातावरण छैन । जति बढी ओहोरदोहोर, जमघट र भिडभाड गरियो त्यती नै कोरोना संक्रमणको जोखिम बढ्नसक्छ । जो जहाँ छौं सोही स्थानबाट आवश्यक स्वास्थ्य सुरक्षा र सतर्कता अपनाई चाडपर्वहरु मनाऔं ।’

तपाईको प्रतिक्रिया