हुम्लाकाे नाम्खा काेराेना हटस्पट बन्दै, एकैदिन १५ जनामा काेराेना पुष्टि

हुम्ला । नाम्खा गाउँपालिकामा काेराेना संक्रमण जाेखिम बढेकाे छ । कार्तिक ३० गते गरिएकाे जिन एक्सपर्ट परिक्षण विधिबाट थप १५ जना काेराेना पुष्टि भएकाे हाे ।

हालसम्म नाम्खामै काेराेना पहिलाे दिन चार जना, दाेस्राे पटक ८ जना र ३० गते १५ जना गरी २७ जना काेराेना संक्रमण पुष्टि भएकाे छ ।

समुदाय स्तरमै काेराेना जाेखिम बढेपछि जिन एक्सपर्ट विधिबाट परीक्षण दायरा बढाएकाे नाम्खा गाँउपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । जिन एक्सपर्ट विधिबाट परिक्षण गरेर नेगेटिभ आएकालाई घरमा पठाएर हाेम क्वारेटिन राख्ने अध्यक्ष लामाले बताए ।

काेराेना न्युनिकरण गर्न गाँउपालिका लागि परेकाे अध्यक्ष लामाकाे भनाई छ। विशेष गरि याल्गुवाङ गुम्बा,टाेपे,नाम्खा गाउँपालिकाको याल्वाङ स्थित महावौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने विद्यार्थीहरू काेराेना संक्रमण देखिएकाे छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयाेजक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले काेराेना परीक्षणकाे दायरा फराकिलाे गराउन स्थानीय तहसँग समन्व्य गरेकाे बताए ।

जिल्लाबाट स्वास्थ्यकर्मीकाे टाेली अक्सिजनसहित नाम्खा तिर खटाईएकाे प्रमुख जिल्ला अधिकारीकाे भनाई छ । सिमकाेट बजार क्षेत्रमा पनि अनावश्यक भीडभाड नगर्न र नागरिक स्वयम् आफै संचेत रहन उनकाे आग्रह छ ।

हुम्ला जिल्ला काेभिड-१९ काे उच्च जाेखिम बढेकाेले सदरमुखकाम सिमकाेटका नागरिकहरूलाइ तिहारमा सजक भएर तिहार मनाउन प्रमुख जिल्ला अधिकारी गिरी भनाई छ ।

तपाईको प्रतिक्रिया