प्रहरी कार्यालय अगाडी बालकलाइ ठक्कर दिने चालक र मोटरसाईकल नियन्त्रणमा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी बालकलाई ठक्कर दिएर फरार मोटरसाईकल र चालकलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–५ चिसापानीका १८ वर्षीय जीवन चौहान मगर र नविन भनिने अम्मर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले अनुन्धानका क्रममा यामाह कम्पनीका एफजेट मोडलका १५ ओटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

याे पनि पढ्नुहाेस् : पीडित परिवारद्वारा आन्दोलन स्थगित, अनुसन्धानमा सहयोग गर्ने बचन

‘ति मध्य १४ जना प्रहरीको सम्पर्कमा आएपनि लु ६२ प ७००३ नम्बरको मोटरसाईकल चालक सम्पर्कमा आएनन्,’ जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘बालकलाई ठक्कर दिने मोटरसाईकललाई बुधबार नै प्रहरी कार्यालयमा चालक मगरका बुवाले बुझाएका थिए तर अनुसन्धानका क्रममा त्यहीँ मोटरसाईकलले ठक्कर दिएको पुष्टि भयो ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एमव् डिएसपी रामप्रसाद घर्तीले पनि बालकलाई ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘यसबारेमा थप अनुसन्धान भइरहेको छ,’ प्रवक्ता घर्तीले भने, ‘केही बेरमा विस्तृतमा सबै जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’

 

तपाईको प्रतिक्रिया