एक ईन्जिनियरले ५० बालबालिकामाथि यौन शोषण गरेपछि‍…

एजेन्सी । भारतको उत्तरप्रदेशमा ५० बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् ।

उत्तर प्रदेशको सिंचाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् । ती इन्जिनियरले ५० बालबालिकामाथि यौन उत्पीडन गरेको भिडियो बनाउने र तस्बिर बेच्ने गरेको खुलासा भएको छ ।

उनले अनलाइनमार्फत विगत १० वर्षदेखि ५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि यौन उत्पीडन गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यौन उत्पीडनमा पर्ने बालिका र किशोरी उत्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका रहेका छन् ।

पीडितहरुलाई शान्त राख्न नगद र मोबाइल फोन समेत उपहार दिने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया