जुम्लाका सवै स्थानीय तहमा पठन पाठन सुचारु

जुम्ला । जिल्लाका आठवटै स्थानीय तहले सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरेका छन् ।कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

‘गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ’ उनले भने । विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताइन् ।

तपाईको प्रतिक्रिया