थप २३ को मृत्यु, फेरि थपिए १७ सय तीन संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १७ सय तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यस्तै, देशभर १२ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभरमा १७ हजार २३७ जना सक्रिय संक्रमितहरू रहेका छन्। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ४६० नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख १० हजार ४६० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया