रारा आउदै हुनुहुन्छ यी कुरालाई ध्यान दिऔं (फोटोफिचर)

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल हो रारा । यति बेला रारामा घुम्न आउनेको संख्यामा वृद्धि भएको छ । रारा घुम्न आउने लाई मन नभएको होईन । मन त छ तर यति मात्र होकि रारा कसरी जाने, रारा पुगे पछि कस्ता कस्ता ठाउहरु अवलोकन गर्न पाईन्छ भनेर प्राय सबै आन्तरिक तथा बाह्य पर्यटहरु लाई कौतुहल्ता लागेको हुन्छ ।

 

जान त जाने तर रारा कसरी जाने भनेर धेरै पर्यटकहरु अलमलमा परेका हुन्छन् । रारा घुम्न जाने योजना त सबै बनाउछन् । राराको नाम सुन्दा वित्तिकै सबैको मन त्यतिकै लोभिन्छ । तर रारा कसरी पुग्ने भन्ने कुरा मेसो नपाएर दुविधाले अधिकांस पर्यटक बनाएको योजना तुहाउने गरेका हुन्छन ।

पहिलो पटक रारा आउदै हुनुहुन्छ अथवा आउने सुरसारमा हुनुहुन्छ भने रारा पुग्न र घुम्न नछुटाउनु होला । रारा धर्तीकी अप्सरा हाे । रारामात्रै पुग्नुहोस स्वर्ग पुगेको अनुभुति गर्नुहुने छ ।

राराले एक दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छायाँ ।

अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ । रारा जीवनमा पुग्ने पर्ने र घुम्ने पर्ने गन्तव्यमा पर्छ । त्यहीँ भएर पनि रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ मेसो पाएका आन्तिरक पर्यटक रारा आउछन ।

तर मेसो नपाएका पर्यटक दुविधामा भएर आउन हिचकिचाउछने गर्छन । अब रारा आउदै हुनुहुन्छ भने दुविधामा नरहनुहोला । रारा पुग्नै पर्छ घुम्नै पर्छ भन्ने मान्यताले आउनसक्नु हुनेछ ।

रारा पुग्न मुगु पुगेसकेपछी संकेतकाे माध्यमबाट तपाई मज्जाले राराताल घुम्न सक्नु हुनेछ । राराका बिभिन्न क्षेत्रमा संकेत चिन्न राखिएका छन । त्यसका माध्यमबाट रारा घुम्न सक्नुहुने छ । रारा जाने बाटो, मुर्माटप पुग्ने बाटो, चुचेमारा पुग्ने बाटो लगायत तपाईको गन्तव्य स्थान कहाँ को कहाँ जाने भन्ने लाग्छ एरो बनाईएका छन त्यस्को माध्यम बाट रारा घुम्न सक्नुहुने छ ।

पोखराबाट रारा घुम्न आउनुभएका बिरेन्द लम्सालका अनुसार रारा भित्रका एरोले महत्वपुर्ण काम गरेका बताए । नयाँ पर्यटकलाई गन्तव्य स्थान सम्म पुग्न एरोको अतिआवश्यक रहेको र यस्ता एरो हरेक दोवाटो मा राख्नु पर्ने लम्सालले बताए ।

संकेतहरू जीर्ण अबस्थाका भएकाले मर्मतमा ध्यान दिर्नु पर्ने लम्सालको भनाई छ । यतिखेर देश, विदेशीको नजरमा रारा छ, तर कोराना भाईरस कोभिड १९ का कारण देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न सकेका छैनन् ।

तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल निकै बढ्दै गइरहेको छ । कोरोनाका कारण ७ महिना सम्म सुनसान भएको रारामा पछिल्लो पटक रारा घुम्न आउने पर्यटकको चहलपहल बाक्लोनै देखिन्छ ।

वर्षेनी यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ । यो समयमा दैनिक दुई सयदेखि पाँचसय सम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् ।

समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ ।

तस्वीर साैजन्य कविराज कार्की मुगु ।

यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तूरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवा लगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया