रारालाई प्रवर्द्धन गर्न सुर्खेत–रारा हवाइ प्याकेज

सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य हो रारा । धर्तीको अप्सरा उपमा पाएको रारा पुग्ने मुख्य सिजन पनि यहीँ हो । पुषदेखि रारा तालमा हिउ पर्नेहुँदा पर्यटकका लागि उपयुक्त मानिदैन् । तर हिउँदपछिको बसन्त ऋतुमा पनि रारा पुग्न सकिन्छ । यहीँ मसिंर मसान्तसम्म रारा पुग्न चाहनेका लागि प्याकेज नै सार्वजनिक गरिएको छ ।


रारा पुग्ने मुख्य दुई गन्तव्य हुन् । एक स्थलमार्ग र अर्को हवाईमार्ग हो । सुर्खेतबाट कर्णाली राजमार्गहुँदै स्थलमार्गबाट रारा पुग्न सकिन्छ । अर्को नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर मुगुको ताल्चा विमानस्थलहुँदै रारा ताल पुग्न सकिन्छ ।

विगतमा वर्षमा सुर्खेतबाटभन्दा नेपालगञ्जबाट हवाईमार्ग भएर पर्यटकहरु रारा पुग्ने गरेका थिए । यो पटक रारा एडभेन्चर प्रा.लि.ले सुर्खेत विमानस्थलबाट नै सस्तो प्याकेजमा रारा पु¥याउन थालेको छ ।

सीता एयरकाे विमानमार्फत सुर्खेतबाट १६ हजार पाँचसयमा दुई दिनको रारा प्याकेज ल्याएको प्रा.लि. प्रवन्ध निर्देशक देवी कृष्ण रोकायाले जानकारी दिए ।

यता, राराको लागि काठमाडौँबाट हवाईमार्ग हुदै जाने पर्यटकहरलाई २ रात ३ दिनको प्याकेजको २४ हजार पाँचसय र स्थलमार्ग हुदै जानेहरुका लागि २० हजार पाँच सयमा ७ दिनको प्याकेज छ ।

 नेपालगन्जबाट स्थलमार्ग हुदै जानेहरुका लागि १४ हजार पाँच  र सुर्खेतबाट १३ हजार पाँच सयको प्याकेज छ । यो प्याकेजमा हवाई टिकट, खाना, बस्न र स्थानीय लोकल रुड गाइडको ब्यवस्था गरिएको संचालक रोकायाले बताए ।

‘सुर्खेत विमानस्थलबाट ताल्चा विमानस्थल पु¥याउने र त्यहीँ दिन रारा पुग्न सकिन्छ,’ रोकायाले भने, ‘त्यसपछि दोस्रो दिन रारा ताल र मुर्माटपसम्म पर्यटकहरु घुम्ने र तेस्रो दिन विहान सुर्खेत फर्कनेगरी प्याकेज बनाएका छौं ।’

हालसम्म सुर्खेतबाट ६० जना पर्यटक यो सिजनमा रारा पुगिसकेको रोकायाको भनाई छ । प्याकेज अन्तरगत प्रा.लि.ले रारा छायानाथ नगरपालिका–१ मुर्मागाउँमा रहेको रारा होमस्टेमा दुईरात पर्यटकहरुलाई खाना, नास्तासहितको व्यवस्था गरेको छ ।

नेपालगञ्जबाट रारा पुग्नेलाई भने १७ हजार पाँचसय रुपैयाँको प्याकेज बनाएको रोकायाले बताए । प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकहरुलाई सहज रुपमा पु¥याएर त्यहाँ घुमाउने र राराको प्रवद्र्धन गर्नु मुख्य योजना रहेको प्रा.लि.ले जनाएको छ ।

तपाईको प्रतिक्रिया