बलात्कृत युवतीलाई इन्सेकको आर्थिक सहयोग

नगद १० हजार सहयोग गरिएको इन्सेक मुगुले जनाएको छ

मुगु । मुगुमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा गठित मानवअधिकार सहायता केन्द्रले बलात्कृत एक युवती लाई आर्थिक सहयोग गरेको छ ।

जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुको कार्मारोङ गाँउपालिका ५ का जनप्रतिनधी र करानी सामुदायिक विकास केन्द्रका सचिव उर्गिन नण्डुल लामाको रोहबरमा ११ मंसिरमा नगद १० हजार आर्थिक सहयोग गरिएको हो ।

अशक्त अपाङ्ग भएकै कारण बलात्कृत एक महिलालाई कानुनी सहायताको लागी आर्थिक सहयोग गरिएको इन्सेकले जनाएको छ ।

गत असोज २३ गते घरमा कोही नभएको समयमा बलात्कृत भएकि २४ बर्षिया एक महिलाको आर्थिक अवस्था न्युन भएकाले उनको कानुनी सहायताको लागी अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक द्धारा गठित मानवअधिकार सहायता कक्षले पिडितको आमालाई स्थानिय जनप्रतिनधीको रोहबरमा नगद १० हजार सहयोग गरिएको इन्सेक मुगुले जनाएको छ ।

पीडितका आमाले औनपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकमा दिएको निवेदन अनुसार इन्सेकद्धारा गठित मानवअधिकार सहायता केन्द्रले पीडित महिलालाई कानुनी सहायताका लागि नगद १० हजार दिने निर्णय भएपछी इन्सेकका मुगु जिल्ला प्रतिनधीले पीडितका आमा मार्फत सो रकम आर्थिक सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनधी जीवन सेजुवालले बताए ।

अशक्त अपाङ्ग २४ बर्षिया ति महिलालाई छाँयानाथा रारा नगरपालिका—१२ का ३० बर्षिय जङ्गबहादुर बिकले बलत्कार गरेको आरोपमा उनका घरपरिवारले सोही दिन प्रहरी चौकि पुलमा उजुरी दर्ता गराएका थिए । आरोपित बिकलाई उनकै घरबाट असोज २५ गते प्रकाउगरी कार्तिक २० गते जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्ने आदेश समेत दिएको छ ।

तपाईको प्रतिक्रिया