तस्विरमा नाइका प्रियंका कार्की

कोरोना कहरले हनिमुन मनाउन समेत जान पाएका छैनन्

नेपालको राजधानी सहर काठमाडौँमा जन्मेकी प्रियंका कार्की एक परिचीत अभिनेत्री तथा मोडल हुन् । ‘थ्री लभर्स’बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी कार्कीले निकै चर्चा कमाइ सकेकी छन् ।

कार्कीले अमेरिकामा ‘भुल्ने पो हो कि’ भन्ने छोटो फिल्म परियोजना भूमिका निभाएकी थिइन् । यतिमात्र नभइ नेपालका हिट फिद्म छक्का पञ्जा जस्ता धेरै फिल्ममा अभिनय गरीसकेकी छन् । दोस्रो फिल्म झोले मा उनले वेश्याको चरित्रमा भूमिका निभाएर ठुलै सफलता हात पारीन् । कार्की नेपाली दर्शककी एक प्रिय नाइका हुन् ।

चलचित्रमा काम होस् वा नहोस् कलाकारहरु चर्चामा आउन चाहान्छन् । चलचित्रका कलाकारहरुलाई मिडियामा छाइरहने उपाय राम्रोसँग थाहा छ । आलोचना होस् वा समर्थन, कुनै न कुनै तरीकाले दर्शकसामु छाइरहेका हुन्छन् । केही कलाकारले त आलोचना पनि सजिलै ग्रहण गर्दै आएका छन् ।

विवाहको केहि दिनमा नै लकडाउन भएकोले हनिमुन मनाउन नपाएको अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको जोडी घरमा नै छन् । लकडाउन खुकुलो भएपनि बाहिर निस्कन र काम गर्न भने सक्ने अवस्था देशमा छैन । उनीहरु घुम्न जान नपाएपनि घरमा बसेर रोमान्स गरेको तस्वीरहरु सार्वजनिक गरेर दर्शकहरुलाई मनोरन्जन दिदै आएका छन् ।

आयुष्मानले प्रियंकालाई बोकेको, माया गरेको, काखमा राखेको जस्ता आकर्षक तस्वीरहरु शेयर गर्दै आएका छन् ।

तस्वीरहरु प्रियंका कार्कीको फेसबुकबाट

 

तपाईको प्रतिक्रिया