चीनभन्दा पहिला नै अमेरिकामा काेराेना देखिएकाे पुष्टि

काठमाडाैं । एजेन्सी मंसीर २० । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाईरस फैलाएको, चीनीया भाईरस, वुहान भाईरस भनेर टिप्पणी गरे पनि अमेरीकी अनुसन्धानकर्ताहरुले नै कोरोना भाईरस चीनबाट नफैलिएको निष्कर्ष निकालेका छन् ।

डिसेम्बर ३१, २०१९ मा कोरोना भाईरसको पहिलो नमुना चीनमा भेटिएको थियो । त्यो आधिकारीक रुपमा घोषित भए पनि त्यस अघि नै कोरोना संक्रमितहरु अमेरीकामा भेटिएको अनुसन्धानले पुष्टी गरेको शोधमा भनिएको छ ।

चीनमा देखिनु पुर्व धेरै साता अघि नै यो भाईरसले संकमण गरीसकेको सो अध्ययनको निष्कर्ष छ । अमेरीकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पिभेन्सन(सिडिसी) का वैज्ञानिकहरुले गरेको शोध क्लिनिकल ईन्फेक्सियस डिजिजमा पकाशित छ ।

उक्त शोध अनुसार अमेरीकाको तीन राज्यको ३९ जनामा कोरोना भाईरससँग सम्बन्धित एन्टीबडीज पाईएको छ । यो कोरोना भाईरस घोषित हुनु दुई साता अघिको कुरा हो । यद्यपि, अमेरीकामा २१ जनवरी, २०२० मा कोरोनाको पहिलो घोषित केस दर्ता भएको थियो ।

१३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० भित्र ७ हजार ३८९ जनाले रक्तदान गरेका थिए । त्यस मध्य एक सय ६ जनामा कोरोनाको एन्टीबडिज पाईएको थियो । क्यालिफोर्निया, ओरेगान र वासिंग्टनमा ती एन्टीबडीज देखा परेको थियो ।

यसरी भाईरसको सम्पर्कमा आउने मध्य अधिकांश पुरुष रहेको पनि शोधमा देखिएको छ । ती संक्रमितहरुमा कोरोना भाईरसको लक्षण समेत देखिएको पनि समाचारमा उल्लेख छ ।

अमेरीकाको आफनै अनुसन्धानले पनि चीनले कोरोना भाईरस फैलायो भन्ने अमेरीकी राष्ट्रपति टम्प र उनको प्रशासनको प्रचारलाई यो अनुसन्धानले स्वयं खण्डन गरको छ । विश्वभर ६ करोडमाथि कोरोना संकमित पुगेको छ भने १५ लाख बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया