दैलेखमा छोरी बलात्कार गरेकाे आरोपमा बावु पक्राउ

दैलेख । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बावुलाई पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी उनले आफ्नै छोरीलाई बलात्कार गरेको बुझिएको छ ।

गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले गज्जब नेपाललाइ जानकारी दिए ।

यस विषयमा मुद्धा दर्ता भइ दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपि श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया