ज्वालाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ज्वाला पोलिक्लिनिकले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरेको छ । कोरोना महामारीका कारण प्रभावित नागरिकहरुलाई पोलिक्लिनिकले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरेको हो ।


वीरेन्द्रनगर–६ मा रहेको पोलिक्लिनिकले मंगलगढी चौकमा घुम्ती शिविरको आयोजना गरेर दुई सय जना नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा ब्लड प्रेसर, सुगर र मनोपरामर्श दिइएको पोलिक्लिनिकले जनाएको छ ।

कोभिड–१९ ले नागरिकहरुमा पारेको प्रभावलाई मध्यनजर गर्दै निःशुल्क सेवा दिएको पोलिक्लिनिकले जानकारी दिएको छ । शिविरमा डा. साेजन सापकोटासहितकाे टाेलीले स्वास्थ्य परीक्षरण गरेका हुन् । आगामी दिनमा अन्य स्थानहरुमा पनि निःशुल्क शिविर सञ्चालन गर्ने पोलिक्लिनिकले बताएको छ ।

तपाईको प्रतिक्रिया