बाबियाचौरमा तीन करोडको लागतमा होटल निर्माण

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका ६ बाबियाचौरमा सुविधा सम्पन्न होटेल सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि तीन करोड रुपैयाँको लागतमा होटेल डेभिड प्रालि सञ्चालनमा ल्याउन थालिएको हो ।

 सरकारी तथा गैरसरकारी संघ संस्थाले सञ्चालन गर्ने विभिन्न खालका कार्यक्रमहरु गर्नका लागि उपयुक्त व्यवस्थापनसहितको होटेल नहुँदा समस्या पर्ने गरेको थियो । ठूला कार्यक्रम सञ्चालन गर्नपरे प्रदेश राजधानी वीरेन्द्रनगर केन्द्रीत हुनुपर्ने बाध्यताको समेत अन्त्य हुने भएको छ ।

पश्चिम क्षेत्रको पर्यटनलाई होटेल व्यवसायको माध्यमबाट विकाससहितको समृद्धि र पहिचान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन थालिएको होटेलका निर्देशक जीवन ढुंगानाले जानकारी दिए ।

होटेलमा स्वच्छ र उच्च स्तरीय रेष्टुरेन्ट, तीन सय ५० जना अटाउने एसीयुक्त सेमिनार हल, सम्पुर्ण रुममा एटेज बाथरुम, एसीसहितको सुविधायुक्त कोठा, स्विट रुम, पाहुनालाई आवत जावतका लागि गाडीको व्यवस्था र बारसहितका सेवा होटेलले दिने ढुंगानाको भनाई छ ।

तपाईको प्रतिक्रिया