कालिकोट र दैलेखमा पनि कांग्रेसको प्रदर्शन

कालिकोट । नेपाली कांग्रेसले कर्णालीका कालिकोट र दैलेखमा पनि सरकार विरुद्ध सडक सघर्ष गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको प्रहरी दमन, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकार चुकेको भन्दै आज देशभर प्रदेर्शन गरेको हो ।

सम्वन्धित समाचार
सरकार विरुद्ध सुर्खेतमा कांग्रेसको प्रदर्शन (भिडियो)


देशमा वहुमत प्राप्त सरकार सत्ताहुँदा पनि भ्रष्टाचार बढेको, कुशासन र अधिनायकवादतर्फ सरकार उन्मुख भएको आरोप कांग्रेसको छ ।

कालिकोट सदरमुकाम मान्म बजारमा विरोध ¥याली निकाल्दै आयोजित सभामा बोल्दै नेपाली कांग्रेस कालिकोटका सभापति हर्ष वमले सरकारले देश कुन अवस्थामा छ भन्नेबारे ध्यान नदिएको, हत्या, हिंसा, बालात्कार, भ्रष्टाचार निमूल गर्न नसकेको आरोप लगाए । उनले काण्डैकाण्डमा अहिलेको सरकार फसेकाले कांग्रेसले सडक संघर्ष सुरु गरेको बताए ।

यता, नेपाली कांग्रेस दैलेखले सदरमुकामको गणेश चौकबाट शुरु भएको विरोध ¥याली डेकेन्द्रचौक, देवकोटाचौकहुँदै टुडिखेलमा सभाको आयोजना गरिएको थियो ।

सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकहरुमा सरकारप्रति तिव्र वितृष्णा जागेको नेपाली कांग्रेस दैलेखका सभापति टेकबहादुर कठुवालले बताए ।

तपाईको प्रतिक्रिया