तीन किलो अफिमसहित एक पक्राउ

सुर्खेत । रुकुमपश्चिम प्रहरीले लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेका छ । सानी भेरी गाउँपालिका–३ गरेलाका ५३ वषीए गोरख कुसारीलाई प्रहरीले लागूऔषध अफिमसहित पक्राउ गरेको हो ।

कुसारीबाट प्रहरीले दुई किलो सात सय ग्राम लागूऔषध अफिम बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चेकजाँचको क्रममा कुसारीबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । कुसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धासन शुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया