कोराेनाबाट प्रभावित दुई सयलाई रोजगारी, एक सय ५८ जनालाई ३२ हजार सहयाेग

सुर्खेत । कोरोना महामारीबाट प्रभावित नागरिकहरुलाई रोजगारी दिन शुरु गरिएको छ । कोरोनाबाट प्रभावित भएका दलित, आदिवासी, जनजाती, अपाङ्गता भएका व्यक्ति, विदेशबाट फर्केका नागरिकहरुलाई रोजगारी दिन कामका लागि नगद कार्यक्रममार्फत रोजगारी प्रदान गर्न लागिएको हो ।

वीरेन्द्रनगरकाे १४ मा रहेकाे पहिराेले क्षतीग्रस्त जरेपानी खानेपानी मुहान ।

वीरेन्द्रनगर नगरपालिका १, २, ४ र १४ वडाका दुई सय तीन जनालाई काम गराएर रोजगारीमा आवद्ध गराउन लागिएको छ । यी वडाका नागरिकलाई वीरेन्द्रनगरको १ मा रहेको ल्याण्डफिल्ड जोड्ने सिमलचौर ग्रामिण सडक र खानेपानी आयोजना निर्माणमा उनीहरुलाई रोजगारी दिन लागिएको विपद् जोखिम व्यवस्थापन परियोजना, आर्थिक पुनर्लाभ कार्यक्रमका संयोजक कृष्ण लम्सालले जानकारी दिए ।

उनकाअनुसार वडा नम्बर १, २ र ४ का एकसय ६० जनाले उक्त योजनामा काम पाउनेछन् । १४ नम्बरका ४३ जना नागरिकले भने जरेपानी खानेपानी मुल संरक्षण निर्माणमा रोजगारी पाउने लम्सालको भनाई छ ।

जरेपानीको खानेपानी मुल ०७१ सालमा आएको पहिरोले क्षती पु¥याएको क्षेत्र हो । वीरेन्द्रनगर नगरपालिकाले तोकेको ज्याला मापदण्डअनुसार उनीहरुलाई २० दिनको रकम उपलव्ध गराइनेछ । तर उनीहरुले १८ दिन मात्रै काम गर्नुपर्नेछ । राेजगारीमा आवद्ध व्यक्तिहरु छनोट भइसकेकाले केही समयमै काम शुरु गर्न लागिएको लम्सालले बताए ।

काम सम्पन्न गरेपश्चात उनीहरुको खातामा सिँधै रकम पठाइनेछ । युएसएआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले सहजिकरण गरिरहेको आर्थिक पुनर्लाभ कार्यक्रम अन्तरगत पाँच वडाका एक सय ५८ घरधुरीका लघु उद्यमीले विना शर्त प्रतिपरिवार ३२ हजार नगद सहयोग गरिएको छ । यो रकम वडा नम्बर १, २ र १४ का ३०-३० जना, ३ का ३२ जना र ४ का ३६ जना छन् ।

उनीहरुले पाएको सहयोग रकमबाट खुद्रा पसल, टेलरिङ, व्युटीपार्लर, कृषि क्षेत्रमा खर्च गर्न पाउनेछन् । छनौट भएका व्यक्तिहरुले उनीहरुकै खातामा रकम पठाइसकिएको कार्यक्रम संयोजक लम्सालले जानकारी दिए ।

‘कोभिड–१९ बाट प्रभावित समुदायका नागरिकहरुको आयआर्जनमा टेवा पुगोस् भन्ने उदेश्यले कार्यक्रम लागु गरिएको हो, लम्सालले भने । कार्यक्रम अन्तरगत नगरपालिकामा सहायता कक्ष समेत स्थापना गरिएको लम्सालले जानकारी दिए । कक्षबाट सिँधै वडाका गतिविधि सार्वजनिक गरिरहेको र विपद् र कोभिडबाट नागरिकमा परेको प्रभावलाई सम्बोन्धन गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया