७१० जना कोरोना संक्रमित, ११७५ डिस्चार्ज

थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ८४ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० जना रहेका छन् । हाल क्वारेन्टाइनमा ४ सय २१ जना संक्रमित छन् भने आइसोलेसनमा ८ हजार ८ सय ४० जना संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया