प्रचण्ड–नेपाल समुहको भेला सकियो : संसदको अधिवेशन बोलाउन माग (निर्णयहरुसहित)

काठमाडाैं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपाल पक्षको वानेश्वरमा बसेको भेला सकिएको छ । भेलाले संविधानको प्रावधान अनुसार संसद विघटन हुन नसक्ने भएकाले संसद विघटन भएको अस्वीकार गर्ने निर्णय गरेको छ ।

साथै निर्धारित तालिका अनुसार संसदको अधिवेशन बोलाउन माग गरिएको छ । संसदको एक अधिवेशन सकिएको ६ महिनाभित्र अर्काे अधिवेशन बोलाउनु पर्ने प्रावधानलाई ध्यान दिएर छिट्टो संसदको अधिवेशन बोलाउन माग गरिएको छ । साथै नेकपाको संसदीय दलको बैठक पर्सी बुधबार बोलाउने पनि निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया