भोलि सातै प्रदेशमा ओली पक्षले कार्यकर्ता भेला गर्ने, कर्णालीमा यामलाल कँडेलले नेतृत्व गर्दै

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ। बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको बैठकले भोलि ९पुस ८० सातै प्रदेशमा आफूनिकट पक्षको कार्यकर्ता भेला गर्ने निर्णय गरेको ओली पक्षको बैठकपछि आज मात्रै बनेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

पूर्वमाओवादीबाट ओली गुटमा गएका उद्योग मन्त्री लेखराज भट्ट, प्रदीप ज्ञवाली र कर्ण थापालाई ओलीले सुदूरपश्चिम प्रदेशको वत्ता तथा समन्वयकर्ताको भूमिका दिएका छन्।

त्यस्तै प्रदेश २ को संयोजनको रुपमा सुमन प्याकुरेल, बागमती प्रदेश संयोजन गर्न आनन्द पोखरेल, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशमा खिमलाल भट्टराई र कर्णाली प्रदेशमा यामलाल कँडेललाई तोकिएको छ। उनीहरुले प्रदेश भेलाको ब्रिफिङ ओलीलाई गर्नेछन्।

तपाईको प्रतिक्रिया