कर्णाली खेलकुद परिषद्को उपाध्यक्षमा हमाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको खेलकुद परिषदको उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरिएको छ । सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन गरिएको हो ।

परिषदको सदस्य सचिवमा भने विश्वमित्र सन्ज्याललाई नियुक्त गरिएको छ । यस्तै, सदस्यहरुमा हुम्लाका टक्कबहादुर शाही,जुम्लाका सरोज शाही, सल्यानका भूमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्का छन् ।

सामाजिक विकास मन्त्रालयले परिषदमा नयाँ नियुक्त गरेसँगै कर्णालीको खेल पूर्वाधारको विकासमा सक्दो सहयोग गर्ने नवनियुक्त हमालले जानकारी दिए । जिल्ला फुटवल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षसमेत रहेका हमाल खेलक्षेत्रका अग्रणि व्यक्तित्व हुन् ।

तपाईको प्रतिक्रिया