गलत मान्छेलाई देश सुम्पिनु भन्दा जोगाएको भन्दै ओलीको पक्षमा प्रदर्शन

सुर्खेत । नेकपा कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्री केपी ओलीको पक्षमा प्रदर्शन गरेको छ । गलत मान्छेको हातमा देश बुझाउनुभन्दा जनतालाई देश बुझाएको भन्दै यूनियनले सुर्खेतमा प्रदर्शन गरेको हो ।


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चौकबाट शुरु गरिएको र्याली बजारहुँदै वीरेन्द्रचौकमा पुगेर सभाको आयोजना गरिएको थियो ।

सभामा सम्बोन्धन गर्दै युवा संघका केन्द्रीय सदस्य गणेशमान खनालले गलत व्यक्तिको हातमा देश सुम्पिनुभन्दा प्रधानमन्त्री ओलीले राम्रो निर्णय गरेको बताए । उनले जनताको हितका लागि संसद विघटन गरेकामा ओलीलाई धन्यवाद दिए ।

सभामा अनेरास्ववीयू केन्द्रीय सदस्य नविन योगीले राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता बचाउनको लागि प्रधानमन्त्रीले लिएको कदम सकरात्मक रहेकाे बताए ।

संसद विघटन नगरेको भए मुलुकको राष्ट्रियता भारतलाई बुझाउनु पर्ने अवस्थाबाट ओलीले जोगाएको योगीको दावी छ । सभामा अनेरास्ववियू सुर्खेतका अध्यक्ष धुपेन्द्र शाही, केन्द्रीय कमिटी सदस्य प्रेम खड्काले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया