भारतीय गृहमन्त्री आउने र प्रधानमन्त्री भारत भ्रमण जाने हल्ला मात्रै हो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कार्यक्रम तय नभएको बताएका छन्। आगामी जनवरीमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने कुरा भए पनि मिति तय नभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

उनले भने, ‘भारतीय विदेश सचिव आएपछि आउँदो जनवरीमा परराष्ट्रमन्त्री स्तरमा वार्ताका लागि नेपालबाट जाने कुरा भए पनि मिति तय भइसकेको छैन।’ नेपालमा राजनीतिक संकट भइरहेका बेला प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका भन्ने समाचार प्रकाशित भएका थिए। प्रधानमन्त्रीको भ्रमणबारे आएका समाचार हल्लाका रुपमा लिन पनि मन्त्री ज्ञवालीले प्रष्ट्याए।

यस्तै सरकारले भारतीय गृहमन्त्री अमित शाह आज नेपाल आउने हल्लामा कुनै सत्यता नरहेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आज भारतीय गृहमन्त्री शाह नेपाल आउने हल्ला चलेपछि सरकारले यसमा सत्यता नभएको जनाएको हो।

तपाईको प्रतिक्रिया