प्रदेश एकका तीन मन्त्रीले राजिनामा दिए लगत्तै, मुख्यमन्त्री राइ विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ मा तीनजना मन्त्रीले राजीनामा दिए लगत्तै मुख्यमन्त्री शेरधन राइ विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरिएकाे छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन् ।

वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाका कारणले प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा लेखेका छन् ।

विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालिन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए ।

शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्ताबक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अहिले प्रचण्ड-माधव नेपाल पक्षका नेताहरु प्रदेशसभा सचिवालयमा छन् । दर्ता प्रक्रिया चलिरहेकाे एक नेताले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेकाे छ ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् । संसद विघटन र नेकपा विभाजनको असरका कारण प्रदेशका मुख्य मन्त्रीहरुको पद धरापमा पर्न थालेको छ । यस अघि नै बागमति प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भईसेको छ ।

तपाईको प्रतिक्रिया