लागुऔषध ओसारने सासु-बुहारी पक्राउ

सुर्खेत ।  वीरेन्द्रनगरबाट लागुऔषधसहित सासू/बुहारी पक्राउन परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार राती १० बजेतिर करिब १४ ग्राम भन्दाँ बढि लागुऔषधसहित पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–८ ईत्राम खोला नजिकैबाट उनीहरुलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । एक गोप्य सूचनाका आधारमा २४ बर्षीय शान्ति सिंहको शरीर कोठामा खानतलास गर्दा ५ ग्राम एकसय ७० मिलिग्राम र सासु कोपिला सिंहको कोठामा खानतलासी गर्दा ९ ग्राम आँठसय मिलिग्राम गरेर जम्मा १४ ग्राम नाैँसय मिलिग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डि.एस.पी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनीहरुमाथि थप गरी अनुसन्धान भईरहेको  डि.एस.पी घर्तीकाे भनाइ रहेकाे छ ।

तपाईको प्रतिक्रिया