जुम्लामा अज्ञात रोगले बयर बाख्रा मर्न थाले

जुम्ला । अज्ञात रोगले बयर जातका बाख्रा र बोका मर्न थालेपछि जुम्ली किसान चिन्तित भएका छन् । निकै मेहनतका साथ महंगोमा खरिद गरेर पालिएका बयर बोका र बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् ।

एक हप्ता अघिदेखि बाख्रा मर्न थालेको चन्दननाथ नगरपालिका ३ का किसान भक्तबहादुर कठायतले बताए । उनका मात्रै ६ वटा बयर बोका र बाख्रा मरिसकेका छन् । भने ४ बाख्रा बिरामी छन् ।

२०६४ सालदेखि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका भक्तबहादुरको बाख्रा पालनबाट मनग्गे आम्दानी गर्ने लक्ष्य निराशामा परिणत भएको छ । उनलाई झण्डै साढे दुई लाख रुपैयाँको घाटा लागेको हो ।

उनका अनुसार खरिद गर्दा प्रति बाख्रा झण्डै ५० देखि ६० हजार रुपैयाँसम्म मूल्य हालिएको थियो । पछिल्लो समयमा देखिको रोगका कारण बाख्रा मर्न थालेपछि सरोकारवाला पनि चिन्तित छन् । ‘रोगको पहिचान हुन नसकेकोले उपचारमा समेत अन्यौल छ । पशु चिकित्सकले बाख्रा खोरमै पुगेर दुई दुई वटा सुई लगाएर फर्किएका छन् । तर रोग नियन्त्रण हुन सकेको छैन ।

पातलो दिशा गर्ने, काम्ने, रयाल निकाल्ने, झोक्र्याउने, जस्ता लक्षण देखिएका छन् । लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका हुन् । भक्तबहादुरले बोयर बाख्रा धमाधम मरिरहेको दुखेसो पोखेपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बाख्रापालन गरिएको स्थानमै पुगेका थिए । उनले तत्काल भेटनरी अस्पतालका प्रमुखलाई फोन गरेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिए ।

ख्राको बीमा नगर्दा बीमाङ्क रकम पाउने संभावना छैन । प्रमुख जिल्ला अधिकारी थापाले भविष्यमा हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै तत्काल बाँकी बाख्राको बीमा गर्न सुझाव दिए । रोग अन्यत्र फैलनसक्ने खतरा भएकोले उच्च सतर्कता अपनाउनको लागि विपद् व्यवस्थापन समितिको टोलीले किसानलाई अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया