टिप्परको ठक्करबाट मृत्यु भएपछि पिपिरामा तनाव

सुर्खेत । टिप्परको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले पिपिरामा सडक अवरुद्ध गरेका छन् । फोरलेन सडक खण्डको मंगलगढी–धुलियाविट सडक खण्डको पिपिरा खोला पुलमा टिप्परले एक स्थानीयलाई शनिवार साँझ ठक्कर दिएको हो ।


बा ४ ख ५८४० नम्बरको टिप्परको ठक्करबाट वीरेन्द्रनगर–१२ का ५८ वर्षीय दफार बक्स घाइते भएका थिए । उनको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएकोपछि आफन्तहरुले अहिले देउती बज्यै चौकमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लगिसकिएकाले सडक सुचारु गर्न आफन्तसँग प्रशासनमा वार्ता भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया