कर्णाली सरकार :

पद जोगाउन ओली छोडेर प्रचण्ड–माधव समूहमा लागे मन्त्री रावल

सुर्खेत । नेकपा विभाजनपछि केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल पद जोगाउन प्रचण्ड–माधव समूहमा लागेका छन् । स्रोतका अनुसार कर्णाली सरकारमा रहेका ओली समूहका दुई मन्त्रीलाई बरर्खास्त गर्ने तयारी भएपछि आफ्नो पद जोगाउन मन्त्री रावल प्रचण्ड–माधव समूहमा लागेका हुन् ।

कर्णाली सरकारमा प्रचण्ड–माधव समूह बहुमतमा छ । नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सचिव समेत रहेको मन्त्री रावलले आर्इतबार वक्तव्य जारी गर्दै केपी समूह छोडेर प्रचण्ड–नेपाल समूहमा फर्किएको जानकारी गराएका हुन्। उक्त वक्तव्यपछि सरोवारवालाले आफ्नो मन्त्री पद जोगाउन रावलले ओली समूह छोडेको अनुमान गरेका छन् ।

साथै मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व पनि बहुमतमा देखिएको छ । जिल्ला अध्यक्ष लालकेश जैशी प्रचण्ड–माधव समूहमा नै छन् । उनी सहित हुम्लामा २८ जनाले विज्ञप्तीमा हस्ताक्षर गर्दै आफुहरु प्रचण्ड नेपाल समूहमा लागेको बताएका हुन् ।

यता नेपाली रैबारसँग कुरा गर्दै मन्त्री रावलले आफु पाटीकमिटिका साथीहरुसँग छलफलमा रहेको भन्दै ओली समूह त्यागेकोबारे बोलेनन् । उनले आफु ओली समूह वा प्रचण्ड नेपाल समूहमा नै लाग्ने भन्नेबारे अहिले धारणा नबनाएको बताए ।

तपाईको प्रतिक्रिया