चिनियाँ अर्बपति तथा अलिबाबा समूहका संस्थापक ज्याकको स्थिति अझै अज्ञात

काठमाडौं । चिनियाँ अर्बपति एवम्‌ अलिबाबा समूहका संस्थापक ज्याक मा २ महिनादेखि बेखबर छन्‌। सन् २०२० अक्टोबर १० यता उनी विद्युतीय सामाजिक सञ्‍जालमा समेत निष्क्रिय छन्‌। पश्चिमा मिडियाहरूले चिनियाँ कम्युनिष्ट पार्टीसँग मतभेद राखेकाले ज्याक मा बेपत्ता पारिएका हुनसक्ने अनुमान गरेका छन्‌।

अलिबाबाका मालिक ज्याक मा चीनका चीनका सबैभन्दा धनीमध्ये तेस्रो स्थानमा रहेका धनाढ्य पनि हुन्‌। उनको कम्पनी अलिबाबाले अनलाइनको माध्यमबाट सामग्री खरिदबिक्री गर्नेगर्छ।

चिनफिङको तारोमा

केहीअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ज्याक मा को विवाद भएको थियो। उनले वित्तीय निगम र सरकारी बैंकबारे भाषण दिने क्रममा अक्टोबर २४ का दिन मौजुदा चिनियाँ नियमका कारण व्यापारिक क्षेत्रमा नयाँ केही गर्न खोज्नेहरू प्रताडित भइरहेको बताएका थिए।

देशभित्रका विश्वचर्चित धनाढ्य मा ले कानूनमाथि आलोचना गरेपछि कम्युनिष्ट सरकार प्रतिरक्षामा उत्रिएको थियो। मा को भाषणलाई उसले पार्टीमाथिकै हमला भएको उल्लेख गरेको थियो।

तपाईको प्रतिक्रिया