वायु प्रदूषण अत्यधिक भएको विश्वको सूचीमा काठमाडौं १ नम्बरमा

काठमाडौं । विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको छ ।

मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई ३७२ पुगेको छ ।

दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ। प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

 

हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको थियो। तर अहिले एक नम्बरमा छ । विश्वका प्रमुख सहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी पनि काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो ।

आइक्यु एयरले वायु प्रदुषणको स्तर केही कम देखाए पनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन । अहिले पनि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ, घाम लागेको छैन ।

वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन् । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ ।

तपाईको प्रतिक्रिया