कोरोना संक्रमणबाट सुर्खेतमा एक पुरुषको मृत्यु

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा जिल्लाको गुर्भाकोट नगरपालिका–८ निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सांकेतिक तस्वीर

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार बुधबार दिउँसो १२ बजे संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक पुरुषलाई खोकी लाग्ने, पिसाब कम आउने र श्वास फेर्न समस्या भएपछि पुस ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

पुस १२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

error: Alert: Content is protected !!