वीरेन्द्रनगर-७ का १७६ जना जेष्ठ नागरिकलाई ब्लैंकेट वितरण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-७ का एक सय ७६ जना जेष्ठ नागरिकलाई समर ब्लैंकेट वितरण गरिएको छ । बढ्दो चिसोलाई मध्यनजर गरी वडा पालिकाको सहयोगमा एक सय ७६ जनालाई ब्लैंकेट वितरण गरिएको हो ।

ब्लैंकेट पाउनेमा एक सय तीन जना महिला र ४६ जना पुरुष रहेका छन् । वडा कार्यालयमा कार्यरत प्रशासन सहायक मञ्जुकुमारी भण्डारीका अनुसार ब्लैंकेट पाउनेहरु सबै सामाजिक सुरक्षा भत्ता खादै आएका व्यक्ति हुन् ।

वडामा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका तीन सय ६९ जना सबैलाई ब्लैंकेट वितरण गर्ने कार्यक्रम रहेको उनले बताईन् । ब्लैंकेट खरिद तथा वितरण खर्च पनि वडा पालिकाले नै ब्यहोर्ने भएको छ । साथै ब्लैंकेट पाएपछि स्थानीय खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया