प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

मुगु । प्रतिनिधि सभा विघटन गरेको विरोध नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । प्रचण्ड–नेपाल पक्ष समर्थित कार्यकर्ताहरुले मुगु सदरमुकाम गमगढीमा संसद विघटनको विरोध जनाउँदै प्रधानन्त्री ओलीको पुत्ला जलाएका हुन् ।


पुत्ला जलाउने क्रममा प्रहरी र विद्यार्थीहरुविच तानातन भएको थियो । प्रहरीले जलाएको पुत्ला निभाएको थियो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनको केन्द्रीय कार्यालयकोे सकुर्लर अनुसार गमगढीमा ओली विरुद्धका नारा लगाउँदै पुत्ला जलाइएको अनेरास्ववियू रारा क्याम्पस का सभापति चन्द्रप्रकाश मल्लले जानकारी दिए । ओलीको प्रतिगामी कदम जनताको हित विपरित भएको उनको दावी छ ।

तपाईको प्रतिक्रिया