समाजसेवाकाे नाममा विध्या सरकारकाे ठगी धन्दा

दैलेख । मुलुक कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन मा थियो ।

लकडाउनको पालना गर्दै नागरिकहरु घरभित्रै बस्न बाध्य थिए । यसै मौका पारी एक जना युवती दैलेख आईपुगिन् । दैलेख आउँदा उनि को हुन भन्ने बारेमा खासै थाहा थिएन् । दैलेख आए संगै आफुलाई अभियन्ता र समाजसेवीको रुपमा चिनाउने उनि थिइन्, सुनसरीको ईटहरी उप–महानगरपालिका–४ की २४ बर्षीया ‘विध्या सरकार’ ।

जेठ अन्तिम साता दैलेख आएकी सामाजिक सञ्जाल फेसबुकमा उनको नाम विद्या शर्मा छ । उनि झण्डै तीन महिना दैलेख बसिन् । त्यसबीचमा उनले जिल्लामा विभिन्न गतिविधि गरी पटक–पटक उनि दैलेखकै गाडि लिएर काठमाण्डौँ तथा इटहरी सम्म पुगेर फर्किन् ।

विध्याले कोरोना महामारीका बेला जिल्ला प्रशासन कार्यालय, नारायण नगरपालिका र एभरेष्ट क्लबसँग समन्वय गरेर कोभिड–१९ को महामारी रोकथामको लागि स्वास्थ्य समाग्रीहरु वितरण गरेकी थिइन् । सरकारले आफुलाई अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपालस्थित सिइओ बताउँथिन् ।

त्यसबीचमा भदौ २ गते दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरो गयो । तीनै विध्या सरकारले एभरेष्ट क्लब र ठाटीकाँध गाउँपालिकासँग समन्वय गरेर गैरागाउँका पहिरो पीडितहरुलाई समेत त्रिपाल संगसंगै कोरोना बाट बच्नको लागि स्वास्थ्य सामाग्री बाँडिन् ।

उनले दैलेखमा आएर हाम्रो संस्थावाट यस जिल्लाका विभिन्न स्थानिय तहमा कोभिड १९ महामारीको रोकथामको लागि स्वास्थ्य समाग्रीहरु त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाघान्न वितरण गर्ने जिम्मा मलाई दिइएको भन्दै स्वास्थ्य सामग्री र राहत वितरण गरेकी थिइन् ।

आफुलाई अभियान्ता र समाजसेवीको रुपमा चिनाउँदै अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपालस्थित सिइओ बताउँने यीनै ‘विध्या सरकार’ अहिले जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा छिन् । ठगी अभियोगमा पक्राउ परेकी विध्या यस बर्ष पुसको जाडो हिरासतमै बिताउँदै छिन् ।

उनी काठमाण्डौँमा पक्राउ परेकी थिइन्,उनलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयले दैलेख ल्याएको हो । दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार सात दिनको म्याद थप गरी उनिमाथी थप अनुसन्धान थालिएको छ । समाजसेवाका आडमा ठगी धन्दा गर्ने विद्या सरकार आखिर को हुन् त रु दैलेख प्रहरी अहिले उनको नालीबेली खोजिरहेको छ ।

तपाईको प्रतिक्रिया